गाउँ सहर
कार र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयाे
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | १२:११:०० मा प्रकाशित
काठमाडाैं । कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५ ८१ नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको रा ६ प ६८ ४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालक फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस