गाउँ सहर

गााँजासहित धादिङबाट दुई जना पक्राउ

काठमाडाैं । प्रहरीले गाँजा सहित दुई जनालाई पक्राउ गरेकाे छ । धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ फुर्केखोलाबाट करिब ९ किलोग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ जानकारी दिएकाे छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन् । उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथमा गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थव अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत