कांग्रेसको स्थानीय निर्वाचन अभियान योजनामा के छ ?
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण बुधबार, २०७८ | १६:५०:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले फागुन २९ देखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानबारे योजना सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले `घर-घर जाऔं, कांग्रेस जिताऔं´अभियानबारे जानकारी गराएका हुन् ।
उनले 'सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी' भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई जिम्मेवारी दिइने पनि बताए । फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको उनले बताए । प्रतिनिधिहरू बिहीबार वा शुक्रबारसम्म जिल्ला-जिल्ला पुग्ने जनाउँदै प्रवक्ता महतले २७ फागुनमा ७७ वटै जिल्ला कार्यसमिति बैठक बसेर अभियानको कार्यक्रम तयारी गर्ने बताए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबिनै आयोजना गरिएको पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे सहभागी थिए । बुधबार बिहान देउवाको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने भनिए पनि अन्तत: देउवा सहभागी भएनन् ।
पूर्णपाठ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस