गाउँ सहर
संखुवासभा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बिहीबार, २०७८ | १०:४६:०० मा प्रकाशित
काठमाडाैं । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् ।
आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । मृतकको पहिचान भइसकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृतकबारे विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ । बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस