स्वास्थ्य

उपत्यकामा जम्मा ३२ जना कोरोना संक्रमित थपिए

काठमाडाैं ।  उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार काठमाडौँमा २१, भक्तपुरमा ४ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन् ।

गत २४ घण्टामा मुलुकभर ११२ जना संक्रमित थपिएका छन् ।

बिहीबार ४२९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे २४ घन्टामा ६ हजार ८०१ पीसीआर तथा २ हजार ५२७ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत