गाउँ सहर

बिजबजार अनलाइन सपिङ्ग एप गुगल प्ले स्टोरमा

काठमाडाैं । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ ।

अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजार अनलाइन सपिङ्ग एपमा कार्य गर्दै आइरहेका छन् । यस एपबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङ्गको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नेछन् ।

यो अनलाइन सपिङ्ग एप प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राहीमैत्री बनाउँदै समयसापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरू सहित सेवाग्राहीहरू समक्ष प्रस्तुत गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै 'Bizbazar Online Shopping App' एप डाउनलोड गर्न सक्नेछन् भने छिट्टै नै iOS प्रयोगकर्ताहरूका लागि एप्पल स्टोरमा पनि एप उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । यदि तपाई ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहनेहरूले सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिने बताएकाे छ ।

Android users can click here to download the app.

Click here to visit Bizbazar's website.

गाउँ सहर संवाददाता

तपाईँको मत