ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १२:४१:०० मा प्रकाशित
काठमाडाैं । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधाहरु उपलब्ध गराउने छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
यसैगरी, कामना सेवा विकास बैंकले देशभर रहेका आफ्ना १३२ वटा शाखा, १ विस्तारित काउन्टर, ४ वटा शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस