नगरस्तरीय पछिमा बाजा प्रतियोगिता २०७८ सुरु, ३५ बाजा समूहहरु सहभागी
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १३:०६:०० मा प्रकाशित
भक्तपुर । "पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति" भन्ने नाराका साथ भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर दरबार क्षेत्रमा भएको नगरस्तरीय पछिमा बाजा प्रतियोगिता २०७८ शुरू भएकाे छ ।
प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र जनताको राय सुझावअनुरुप यस वर्ष नगरस्तरीय पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए ।
नयाँ पुस्तालाई परम्परागत ज्ञान सीप हस्तान्तरण गर्ने हिसाबले नगरपालिकाले विविध गतिविधिहरुलाई जोड दिँदै आएको बताउँदै उनले 'पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई सार्थक तुल्याउन सम्पदा संरक्षणमा विशेष प्राथमिकतामा राख्दै आएको हो' भने ।
उद्घाटन कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्षण गरी जीवन्ता दिई नयाँ पुस्तालाई परम्परागत ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितामा जोड दिँदै आएको बताए ।
पछिमा बाजा प्रतियोगिताको उद्घाटन र्याली नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ दत्तात्रयमा बेलुन उडाएर सुरु गरेका थिए । र्याली दत्तात्रयबाट सुरु भई इनाचो, गोल्मडी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।
र्यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरु, टीम, क्लब, पुस्तकालय, संघ संस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरु र सहभागी सांस्कृतिक टोलीहरुको सहभागिता रहेको थियो ।
र्याली सुरु हुनुअघि भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोलेका थिए । भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगितामा नगरभित्रका ३५ वटा पछिमा बाजा समूहहरुले भाग लिएका थिए ।
पछिमा बाजा प्रतियोगिता २०७८ का सहभागी बाजा समूहहरु यसप्रकार छ :
१. महेश्वरी बांसुरी बाजा समूह (ख), भ.न.पा ७
२. बालाखु बा“सुरी बाजा समूह, भ.न.पा २
३. लोकेश्वर सांस्कृतिक समूह , भ.न.पा २
४. महाकाली नाच खर्बुजा समूह, भ.न.पा ३
५. सिद्धि गणेश बा“सुरी बाजा, भ.न.पा ७
६. महाकाली प्याखं मुस्याख्व समूह, भ.न.पा ३
७. श्री नगांचा बा“सुरी बाजा समुह, भ.न.पा १०
८. गछें दाफाभजन समूह, भ.न.पा ९
९. मुक्ती संगीत प्रशिक्षण केन्द्र, भ.न.पा ५
१०. देवी प्याखं, भ.न.पा ४
११. खिंछे दाफा भजन खल, भ.न.पा ५
१२. याछें गणेश नौ बाजा दाफा भजन, भ.न.पा ६
१३. श्री चोछें छुमा गणेश बा“सुरी बाजा खल, भ.न.पा ६
१४. डम्बरेश्वर बाजा खल भजन मण्डल, भ.न.पा ७
१५. झिगु ख्वप बचत बांसुरी बाजा, भ.न.पा ७
१६. श्री नित्यनाथ बा“सुरी बाजा खल, भ.न.पा १०
१७. लाकोलाछें जालांचा बा“सुरी बाजा , भ.न.पा ४
१८. छुमा गणेश तुछीमला ढल्चा भजन, भ.न.पा ६
१९. हरिभजन दाफा ब्यासी (क), भ.न.पा २
२०. श्री कविलाश नृत्य नाथ बा“सुरी, बाजा समूह, भ.न.पा ४
२१. हरिभजन दाफा ब्यासी (ख), भ.न.पा २
२२. वाकुपति नारायण नौ दाफा भजन (क), भ.न.पा ९
२३. महेश्वरी बांसुरी बाजा समूह (क) , भ.न.पा ७
२४. साकोलान ङखगुला“ बाजा खल, भ.न.पा ९
२५. तचपाल मको गल्ली बाजा समूह, भ.न.पा ९
२६. वाकुपति नारायण नौ दाफा भजन (ख), भ.न.पा ९
२७. भक्तपुर बचत तथा ऋण सहकारी संस्था, भ.न.पा ९
२८. नास हैमा बाजा खल, भ.न.पा १
२९. त्वचा गुरु गणेश समूह, भ.न.पा ९
३०. कमिचा गल्ली बा“सुरी बाजा समूह, भ.न.पा ९
३१. समृद्धि कृषि सहकारी संस्था लि. , भ.न.पा ९
३२. पासा पुचः समू, भ.न.पा ९
३३. छुमा गणेश बा“सुरी बाजा, भ.न.पा ६
३४. आकास भैरव नौ बाजा भजन गुठी, भ.न.पा ४
३५. सनराइज बाँसुरी बाजा खलः, भनपा ८
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस