उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य छः वरिष्ठ उपाध्यक्ष ढकाल
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | २१:०४:०० मा प्रकाशित
रोल्पा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन् । उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको धारणा राखे ।
रोल्पा उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनु जरुरी छ ।” अर्थमन्त्री जनार्दन शर्मासमेत उपस्थित रहेको कार्यक्रममा ढकालले उद्यमशीलता विकाससँगै रोजगारी सिर्जना र साधन स्रोतको उपयोगका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्यााए ।
वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगर उद्योग वाणिज्य संघलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जितिसकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताए । उनले रोल्पाका व्यवसायीहरुले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वका तर्फबाट मात्र नभै आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षका रुपमा सहयोग गर्न तयार रहेको बताए ।
“हरेक प्रदेशमा कुनै न कुनै व्यवसायमा लगानी गर्ने हाम्रो योजनाअनुसार हाल पोखरा, गैंडाकोट, बुटवल, कर्णाली लगायतका क्षेत्रमा केबलकारलगायतका व्यावसायिक परियोजना अघि बढिरहेका छन्,” उनले भने, “रोजगारी सिर्जना गर्ने, स्रोतसाधनको उपयोग गर्ने कुनै व्यावसायिक योजना छन् र त्यसका लागि पुँजी पर्याप्तता नभएमा हामी सहकार्य गर्न तयार छौं ।”
ढकालले रोल्पा उद्योग वाणिज्य संघको निवर्तमान कार्यसमितिलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । संघसँग सहकार्य गर्दै आर्थिक क्षेत्रको विकासमा लागिरहने उनको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हङकङसँग पराजित हुँदा नेपाल इमर्जिङ एशिया कपमा छनोट हुनबाट बाहिरियाे
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
प्रतिकृया दिनुहोस