राजनीति
कांग्रेस धनुषाको सभापतिमा याेगेन्द्र पजियार निर्वाचित
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शनिबार, २०७८ | ०७:२२:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेस धनुषाको सभापतिमा याेगेन्द्र पजियार निर्वाचित भएका छन् ।
दाेस्राे चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्ताेष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित भएका हुन् ।
यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियाे ।
पहिलो चरणमा तेस्रो भएका डा.शेखर काेइराला समूहका नेता दिनेश पर्सैलाले दाेस्राे चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए ।
सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याए। सभापतिमा निर्वाचित यादव धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकाे मेयरसमेत हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
प्रतिकृया दिनुहोस