मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब खप्तड गोल्डकप फुटबलको फाइनल खेल्दै
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शनिबार, २०७८ | ०७:३६:०० मा प्रकाशित
धनगढी । पाचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ ।
'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल ३ बजेदेखि धनगढी रंगशालामा हुनेछ ।
विजेताले २१ लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछन् ।
पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।
सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
प्रतिकृया दिनुहोस