गाउँ सहर

एनआरएनएकाे निर्वाचन मिति तीन दिन पछि धकलियाे

 

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन मिति तीन दिन पर सरेकाे छ ।

आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो ।

शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ ।

जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत  १० र ११ गते (मार्च २४–२५ ) हुने बताइएको छ ।

सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत