वरिष्ठ उपाध्यक्ष ढकालले भने - वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण शनिबार, २०७८ | २०:५७:०० मा प्रकाशित
चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले मुलुक विषम परिस्थितिमा छ । राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन । विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”
“कोभिड १९ को कारण तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्न लगायत धेरै वस्तुको मूल्य बढेको छ र आउदा दिन अझै कठिन हुने देखिन्छ । यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनु भन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ,” उनले भने ।
आफूभन्दा अगाडि बोल्ने निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय निकायका तर्फबाट उपस्थित प्रायः सबै वक्ताहरुको एउटै आवाज पाएको र उनीहरु सबैले स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका औँल्याएको बताउँदै ढकालले यदि स्थानीय वासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समान बुझाई भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरुको रुपमा विकास गर्न सकिने बताए ।
छोटो समयमा पर्यटन पूर्वाधारको विकासबारे आफ्नो अनुभव सुनाउँदै, ढकालले भने यदि स्थानीय व्यवसायीहरुले जिल्लामा रोजगारी बढाउने, स्थानीय साधन श्रोतको उपयोग गर्ने खालका व्यवसाय अगाडि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वको तर्फबाट मात्र नभई आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आइएमई बैंकको अध्यक्षको रुपमा समेत सहकार्य र सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रसंशा गर्दै, उनले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस