राजनीति
कांग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | ०७:०७:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।
पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५९ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३ (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।
अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् । कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
- नेप्सेमा १४.८१ अंककाे गिरावट
- आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा
प्रतिकृया दिनुहोस