विश्व

दुई महिनाकाे अवधिमा यमनमा ४७ बालबालिकाकाे मृत्यु

एजेन्सी । दुई महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन् । यमनको गृहयुद्धमा पछिल्ला दुई महिनामा कम्तीमा ४७ बालबालिका मारिएका हुन् । जनवरी र फेब्रुवरीमा द्वन्द्वका कारण उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय बालकोष यूनिसेफले जानकारी दिएकाे छ । ‘गृहयुद्धका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रताडित छन्’, यूनिसेफले भनेको छ । सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ । साउदी नेतृत्वको गठबन्धले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ ।

हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीले देश छोडेर भाग्न बाध्य भएका थिए । त्यस लगत्तै यमनमा सैन्य हस्तक्षेप भएको थियो ।

 युद्धको चपेटामा बालबालिका मारिने र घाइते हुने क्रम बढ्दो छ । यसैबीच २४ फेब्रुवरीदेखि रुसी सेनाले युक्रेनमाथि गरेको हमलामा कम्तीमा ७१ जना बालबालिका मारिएका र १ सय भन्दाबढी घाइते भएका छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत