विश्व

पश्चिम युक्रेनमाथि रूसी सेनाकाे हमला तीव्र, युक्रेनी सैन्य आधार शिविरमा हवाई आक्रमण

काठमाडाैं । रुसी सेनाले पोल्याण्डको सीमा नजिक रहेको लिभ शहरको सैनिक छाउनीमा क्षेप्यास्त्र हमला गरेको छ ।

युक्रेनको उत्तर, उत्तरपूर्वी र दक्षिणतिरबाट आक्रमण गरेपछि पश्चिम युक्रेनमाथि कुनै हमला गरेको थिएन ।

सीएनएनका अनुसार स्थानीय समय अनुसार विहान ६ बजे रुसले आठवटा क्षेप्यास्त्र हमला गरेको हाे । मानवीय क्षतिबारे स्थानीय प्रशासनले खोजीकार्य जारी गरेको बताइएकाे छ ।

लिभ शहर विश्व सम्पदा सूचीमा सूचीकृत भएको सांस्कृतिक शहर हो ।

यसैबीच, अलजजिराका अनुसार लिभभन्दा पनि पश्चिमतिर पोल्याण्डको सीमा नजिक रहेको सानो शहर याभोरिभमा रहेको युक्रेनी सैन्य आधार शिविरमा हवाई आक्रमण गरेको छ ।

पश्चिमी युरोपको प्रमुख नाकामा रहेको यस लिभ हुँदै याभोरिभबाट लाखौं शरणार्थीहरुले युक्रेन छाडेका थिए ।

उता, पोल्याण्ड, स्लाभाकिया, हंगेरी र रुमानिया नजिक रहेको दक्षिण पश्चिम युक्रेनी शहर इभानो फ्राकिभ्समा रहेको अन्तराष्ट्रिय विमानास्थलमा पनि रुसी हमला तीव्र भएको छ ।

यसैबीच, दुईदिन अघि पश्चिमी युक्रेनमाथि हमला तेज गर्दै रुसी सेनाले लुस्कस्थित अन्तराष्ट्रिय विमानास्थल कब्जामा लिएको थियो ।

भोल्यन क्षेत्रका गभर्नरका अनुसार रुसले चारवटा क्षेप्यास्त्र प्रहारपछि दुईजना मारिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत