सिन्धुपाल्चोककाे कांग्रेस जिल्ला सभापतिमा जंगबहादुर विजयी
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | ०७:५५:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन् ।
दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए । उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन् ।
शनिबार भएको पहिलो चरणको निर्वाचनमा पनि तामाङले सबैभन्दा धेरै मत ल्याएका थिए तर तीन उम्मेदवारबीच कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुन: मतदान गरिएको थियो ।
जंगबहादुर कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतनिकट मानिन्छन् । यहाँ संस्थापन पक्षबाट दुई उम्मेदवार उठेका थिए । सभापतिका अर्का उम्मेदवार प्रेमध्वज लामा पहिलो चरणबाटै बाहिरिएका थिए । सभापति उठ्न प्रेमध्वजले त्रिविको उपप्राध्यापकको जागिरसमेत छाडेका थिए ।
सभापति उठ्न प्रेमध्वजले त्रिविको उपप्राध्यापकको जागिरसमेत छाडेका थिए ।
प्रेमध्वजले दोस्रो चरणको मतदानमा सभापतिका अर्का उम्मेदवार बंशलाल तामाङलाई समर्थन गरेका थिए । बंशलाल र प्रेमध्वज मिले पनि जंगबहादुर सिन्धुपाल्चोक कांग्रेस सभापति बनेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस