निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | ०८:१९:०० मा प्रकाशित
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी भएका छन् । निर्वाचनमा ७६५ मत प्राप्त गर्दै उनी अध्यक्षमा चयन भएका हुन् ।
यस्तै निकोलश पाण्डेले ३ सय ३७ मत पाउँदा हुमनाथ कोइरालाले ३२ मत मात्रै ल्याएका थिए ।
वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । लामाले ५ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी धिरेन्देर दाहालले २ सय ८९ मत प्राप्त गरेका थिए । महासचिवमा रोशन दाहालले ७ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी वासुदेव उप्रेतीले १ सय ७२ मत मात्रै ल्याए ।
उपाध्यक्षमा भने पाण्डे समूहको वर्चश्व देखिएको छ । एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेस), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन् ।
त्यसैगरी बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेम राज मल्ल निर्वाचित भएका छन्। निर्वाचित पाँचै जना उपाध्यक्ष पाण्डे प्यानलका हुन्। यस्तै उप महासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, मधेस प्रदेश बाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्न बहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।
उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष हिरान श्रेष्ठ र सह-कोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस