स्वास्थ्य

चीनमा कोरोना संक्रमण बढेसँगै लकडाउनकाे घोषणा

काठमाडाैं । चीनमा फेरी कोरोना संक्रमण बढेकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेपछि चीनको एक करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लकडाउन घोषणा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ ।

उक्त अवधिसम्म सार्वजनिक सवारी साधन नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ ।

‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने ।

चीनभर संक्रमणमा वृद्धिले अधिकारीलाई सांघाईमा विद्यालय र उत्तरपूर्वी शहर बन्द गर्न बाध्य बनाएको छ । चीनका १८ ओटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत