अर्थतन्त्र

घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँ कायम गरिएको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४२५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १४१५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत