अर्थतन्त्र

सुन तोलामा १८ सयले घट्याे

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । साेमबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा १८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । सोमबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।    

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४१५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत