राजनीति
नेपाल र साउदीअरबका प्रतिनिधिबीच भेटवार्ता
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | ११:४९:०० मा प्रकाशित
काठमाडाैं । नेपाल र साउदी अरबबीच द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बैठक सुरु भएको हो ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका छन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गरेका छन् ।
बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयाममा छलफल गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर हुने जनाइएको छ ।
बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री साउदसहित १८ जनाको टोली सोमबार काठमाडौँ आइपुगेका थिए । उनले आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस