राजनीति

रवीन्द्र मिश्रले २६ जना केन्द्रीय सदस्यलाई बर्खास्त गरे

काठमाडौं । विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई पद मुक्त गरेको छ ।

अध्यक्ष रवीन्द्र मिश्रले मिलन पाण्डे पक्षीय २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएका हुन् ।

बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी भएका छन् ।  फागुन २९ बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता शरद पाठकले बताए ।

मिलन पाण्डेलाई यसअघि नै मिश्रले जिम्मेवारीबाट मुक्त गरिसकेका छन् ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्दि्रका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

यसैगरी रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।

गएका चारवटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत