मंगलबार दाेहाेराे अंकले घट्याे शेयर बजार, काराेबार रकममा पनि गिरावट
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | १५:१५:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजारमा साताको कारोबारकाे तेस्रो दिन मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको नेप्सेले जनाएकाे छ ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका ५२ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३० कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।
नेप्सेका अनुसार आज इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२९.७० रुपैयाँ पुगेको छ ।
आज नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.१३ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीकोे भएको छ । यस कम्पनीको आज ३४ करोड २३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस