गाउँ सहर

गर्मी दिनकै बढ्दाे

काठमाडाैँ । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन उसको अनुरोध छ ।

मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस पुगेको थियो । देशभर सबैभन्दा बढी धरानमा ३५.७ डिग्री सेल्सियस, नेपालगञ्जमा ३३ डिग्री सेल्सियस, जनकपुरमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

यसले देशैभरकाे तापक्रममा वृद्धि भएकाे देखाउँछ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत