राजनीति

देउवा भेट्न किन बालुवाटार पुगे प्रकाण्ड ?

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेका छन् । तत्कालीन नेकपा एमाले केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिका सम्बन्धमा भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँँणसँग भेटवार्ता गरेको प्रकाण्डले तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले उक्त तस्बिरमा ‘नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता । २०७८ चैत्र २,’ मात्र लेखेका छन् । उनले भेटमा भएको छलफलबारे भने केही खुलाइएको छैन ।

यस्तो छ तत्कालिन केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीनबुँदे सहमति

१. दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ ।

२.नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, नेपाल कारागारमा रहेका नेता तथा पार्टीका कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत