हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली हाेली मनाइँदै
- गाउँ सहर संवाददाता
- ३ चैत बिहीबार, २०७८ | ०६:५६:०० मा प्रकाशित
काठमाडौँ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। विसं २०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ। साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस