स्थानीय निर्वाचनमा सामाजिक सञ्जालमा यस्ता कार्य गर्न राेक
- गाउँ सहर संवाददाता
- ४ चैत शुक्रबार, २०७८ | ११:५८:०० मा प्रकाशित
काठमाडाैं । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गराएको निर्वाचनसम्बन्धी आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगबारे स्पष्ट गरिएको छ । आचारसंहिताको परिच्छेद २ अन्तरगत ‘सबैले पालना गर्नुपर्ने आचार’ शीर्षकको व्यवस्थामा दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले विभिन्न आचरणको पालना गर्नुपर्ने जनाइएकाे छ
सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने स्पष्ट गरिएको छ । यस्तै निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउन्ट सञ्चालन गर्न/गराउन पाइने छैन ।
त्यसैगरी सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पर्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, हेट स्पिच दिने, जस्ता भ्रामक टिकाटिप्पणी गर्न रोक लगाइएको छ भने कुनै प्रयोजनको लागि प्रकाशन वा प्रशारण भएको सूचना सामग्रीलाई तोडमोड गरेर सामाजिक सञ्जालमा शेयर गर्न पनि रोक लगाइएको छ ।
‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा त्यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रशारण गर्न वा गराउन नहुने’, पनि आचारसंहितामा उल्लेख गरिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस