गाउँ सहर

चितवनकाे माडीमा आगलागी : ६० लाखको क्षति

काठमाडाैं । आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । चितवनकाे माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको हाे ।स्थानीय माधव लामिछानेको धन्सारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ । 

आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, तोरी पाँच क्विन्टल, गहुँ दुई क्विन्टल, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थानलगायत ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाँडावर्तन नष्ट भएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जनाएका छन् ।

त्यसैगरी, कुखुरा फार्ममा रहेको तयारी कुखुरा एक हजार २००  र चल्ला एक हजार पूर्णरूपमा जलेर नष्ट भएको उनले बताए। अधिकारीका अनुसार आगलागी आज बिहान ४ः३० बजे भएको हो । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन । 

गाउँ सहर संवाददाता

तपाईँको मत