विश्व

मलेसियामा फेरी बढ्न थाले काेराेना संक्रमित, २४ घण्टामा २७ हजार संक्रमित, ८६ को निधन

एजेन्सी । पछिल्लो समयमा मलेसियामा काेराेना सङ्क्रमितहरुको संख्या बढ्दै गएको पाइएको छ । मलेसियामा गएको २४ घण्टामा मात्र कम्तीमा २७ हजार ४ जना सङ्क्रमित भएकाे यहाँका अधिकारीहरुले जनाएका छन् ।

मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घण्टामा मात्र ८६ जना सङ्क्रमितको मृत्यु भएको छ । यो समेत गरी अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी दुई देशसहित मलेसियलामा पनि सङ्क्रमितहरु बढ्दै गएको दखिएको अधिकारीहरुले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत