स्वास्थ्य
उपचार गर्न अस्पताल जाँदै हुनुहुन्छ ? नभुल्नुहाेस् यी कागजात
- गाउँ सहर संवाददाता
- ४ चैत शुक्रबार, २०७८ | १४:२४:०० मा प्रकाशित
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्न नपर्ने जनाएको छ ।
कोरोना भाइरसविरूद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड-१९ को संक्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनु नपर्ने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताएका छन् ।
यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस