राजनीति

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता आगामी वैशाख ११ र १२ गते

काठमाडाैं । स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दुई दिन उम्मेदवारी दर्ता गर्न समय छुट्याएको हो । १२ गते नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिन समय छुट्याइएको आयोगले जानकारी दिएकाे छ ।

आयोगले १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने बताएकाे छ । उम्मेदवारले आफ्नो नाम फिर्ता गर्न चाहेमा वैशाख १६ गते गर्न सक्नेछन् ।

आयोगले उम्मेदवारको अन्तिम नामावली १६ गते प्रशासन गर्नेछ भने १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका बनाएको आयोगले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत