संवैधानिक इजलास : ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
- गाउँ सहर संवाददाता
- ४ चैत शुक्रबार, २०७८ | १७:१४:०० मा प्रकाशित
काठमाडाैं । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको विरुद्धको मुद्दामा आजको संबैधानिक इजलासले हेर्दा हेर्दैमा राखेकाे छ ।
सर्वोच्च अदालतको आजको पेसीसूचीमा रहेकाे सो मुद्दाको हेर्दा हेर्दैमा राखिएकाे हाे ।
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ आज भएकाे थियाे । तत्कालीन नेकपाभित्रको आन्तरिक विवादका कारण संवैधानिक अयोगका पदाधिकारीको नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि ओली नेतृत्वको सरकारले संवैधानिक परिषद ऐन अध्यादेशमार्फत परिवर्तन गरी उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न मिल्ने प्रावधान राखी सो नियुक्तिको सिफारिस गरेको थियो ।
संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
न्यायाधीश हरि फुयाँलको इजलासले जारी गरेको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध गरेको भन्दै संवैधानिक इजलासले त्यो अवरोध खुलाउनु पर्ने ओमप्रकाश अर्यालले बताए । फुयालको आदेश 'न्यायिक विचलन' भएका कारण यसबारे छलफल हुने पर्ने उनको भनाइ थियो । न्यायमा अवरोध गर्नेमाथि न्यायिक टिप्पणीसहितको आदेश हुनुपर्ने माग उनको थियो ।
यसअघि १७ भदौ २०७८ मा रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस