कास्की जिल्लामा १४७१ म्यादी भर्ना आवेदन आह्वान (सूचनासहित)
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | १०:३२:०० मा प्रकाशित
काठमाडाैं । बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलेपछि आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन् ।
सोहीबमोजिम देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन आह्वान गरिएको छ ।
१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन्। म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् ।
भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन् ।
४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको छ ।
तल जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
प्रतिकृया दिनुहोस