पूर्वप्रधानमन्त्री ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | १२:१२:०० मा प्रकाशित
काठमाडाैं । मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा आज सुनुवाइ हुन लागेकाे हाे । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको इजलासमा मुद्दाको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनीहरूले प्रतिनिधिसभा विघटनपछि सरकार काम चलाउ हुँदा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भन्दै विस्तार गर्ने निर्णय खारेज गर्न माग गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्ने ओली हाल विपक्षी दलका नेता हुन । तर, मुद्दाको टुंगो लागेको छैन । ओलीले प्रतिनिधिसभा विघटन गरेको तीन दिनपछि १० पुस,२०७७ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस