नायिका प्रियंका कार्कीमाथि क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा अनुसन्धान सुरू
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | १७:१४:०० मा प्रकाशित
काठमाडाैं । नायिका प्रियंका कार्कीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को अवैध कारोबार गरेको आरोपमा उनीमाथि अनुसन्धान शुरु गरेको हो ।
कार्कीमाथि अवैध क्रिप्टोकरेन्सीमा लगानी गर्न उक्साएको आरोप रहेको एक प्रहरी अधिकारीले बताएका छन् । त्योबाहेक कार्कीले क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंकामा सीआईबीले अनुसन्धान थालेको जनाइएकाे छ ।
उनले केही समयअगाडि सामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गरेर उनले भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’
कार्कीलाई सीआईबीले सो विषयमा सोधपुछ गर्न आइतबार बोलाएको थियो । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।
गतसाता मात्रै राजस्व अनुसन्धान विभागले मोरङका दुई जनाविरुद्ध अदालतमा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा १० करोड जरिवानाको माग गरेर मुद्दा दायर गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस