वातावरण

माैसम : देशभर पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव

काठमाडाैं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

अहिले प्रदेश नम्बर–१ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत