अल्पकालीन अन्तरिम आदेश जारी
- गाउँ सहर संवाददाता
- ७ चैत सोमबार, २०७८ | ११:१३:०० मा प्रकाशित
काठमाडाैं । सर्वोच्च अदालतले विद्युत् नियमन आयोगका पदाधिकारी हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्याधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले चैत १३ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आयोगका तत्कालीन अध्यक्ष दिल्लीबहादुर सिंह र सदस्य भागीरथी भट्टराई ज्ञवालीको रिटमा सुनुवाइ गर्दै इजलासले १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।
सरकारले पदाधिकारीलाई पदमुक्त गर्दै फागुन २३ गते नयाँ अध्यक्ष र सदस्य चयनका लागि सूचनासमेत जारी गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सूचना जारी गर्दै पदाधिकारीमा दरखास्त आह्वानसमेत गरिसकेको छ । मन्त्रिपरिषद्को पुस ८ गतेको बैठकले पदाधिकारीको कार्यक्षमता अभाव देखिएको भन्दै छानबिन समिति गठन गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिमा पूर्वसहसचिवद्वय विष्णु थापा र आशीष घिमिरे सदस्य थिए । समितिले ऊर्जामन्त्री पम्फा भुसाललाई बुझाएको प्रतिवेदनका आधारमा पदाधिकारी हटाइएका थिए ।
२०७६ वैशाखमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पदाधिकारी नियुक्त गरेको थियो । अध्यक्ष सिंह र सदस्य भट्टराईसँगै अन्य दुई सदस्यमा रामेश्वरप्रसाद कलवार र रामप्रसाद धिताल नियुक्त भएका थिए । धितालले यसअघि नै राजीनामा दिइसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
प्रतिकृया दिनुहोस