राजनीति

स्थानीय निर्वाचनका लागि ललितपुरमा ३१ दल दर्ता

 काठमाडाैं । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएकाे निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माले जानकारी दिएकी छन् । 

उनका अनुसार जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने छन् । ‘मतपत्र छाप्न र निर्वाचन प्रकृया सझिलो होस भनेर जिल्लामा पनि दल दर्ता गरिएको हो । आयोगमा पहिले नै दल दर्ता भइसकेको छ ।’

निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ ।

निर्वाचन आयोगले ललितपुरका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय खोल्दैछ । मतदाता शिक्षाको कार्यक्रम पनि सुरु बाँकी छ ।

ललितपुरमा नमूना मतदान कार्यक्रम पनि हुनेछ । सरकारले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना सुरु भइसकेको छ र भने मतदाता शिक्षामा लागि सामाजिक परिचालक र स्वास्थ्य स्वयम्सेवकहरु खटाउन पनि बाँकी नै रहेकाे सूचना अधिकारी शर्माले बताइन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत