अर्थतन्त्र

वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब रुपैयाँ नाघ्याे, १३ खर्ब ८ अर्ब माथिको वस्तु आयात

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब रुपैयाँ नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि फागुनसम्मको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ नाघेको हो ।

विभागका अनुसार सो अवधिमा नेपालमा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट हुने निर्यात भने १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको रहेको भन्सार विभागले जानकारी गराएको छ ।

८ महिनामा कुल १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको भन्सार विभागले जानकारी गराएको छ । विभागका अनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षमा आयात ३८ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक आर्थिक वर्षको साउन देखि फागुनसम्म ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख २५ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांक छ । सो अवधिमा नेपालबाट हुने निर्यात ८२ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ । गत वर्षको सो अवधिमा नेपालबाट हुने निर्यात ८० अर्ब ७७ करोड ८८ लाख ६१ ह्जार रुपैयाँ बराबरको भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत