मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ८ चैत मंगलबार, २०७८ | १०:३८:०० मा प्रकाशित
मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।
यसरी सुन लुकाएर ल्याउनेमा भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा रहेका उहाँले बताउनुभयो । उनले एक हजार २६८ ग्राम रहेको सुन लुकाएर ल्याएका थिए । उक्त सुनको मूल्य रु एक करोड आठ लाख ४९ हजार रहेको जनाइएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।
हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाइ ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
प्रतिकृया दिनुहोस