गाउँ सहर

अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीसीकाे ३५ दिने सूचना जारी (सूचनासहित)

काठमाडाैं । अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीसी सूचना जारी गरेकाे छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी परियोजना अन्तर्गतका सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीए नेपाल कार्यालयले सार्वजनिक सूचना जारी गरेको हाे ।

नुवाकोटमा अधिग्रहणमा परेका घर जग्गा घ५ दिनभित्र खाली गरिसक्न एमसीए नेपाल कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले आज सूचना निकालेर अधिग्रहण गरिएका जग्गामा सब-स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको पनि जनाएको छ ।

‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत