रुस-युक्रेन युद्ध : सेनाले गरेको गोलाबारीमा एक रुसी पत्रकारको मृत्यु
- गाउँ सहर संवाददाता
- १० चैत बिहीबार, २०७८ | १२:०४:०० मा प्रकाशित
काठमाडाैं । रुस-युक्रेन युद्धमा एक जना पत्रकारकाे मृत्यु भएकाे छ । युक्रेनको राजधानी कीभमा रुसी सेनाले गरेको गोलाबारीमा एक रुसी पत्रकारको मृत्यु भएको हाे । खोजी वेबसाइट द इनसाइडरका संवाददाता ओक्साना बाउलिनाको मृत्यु भएको एजेन्सीले जनाएकाे छ ।
द इनसाइडरका लागि उनि कीभ र पश्चिमी शहर ल्भिभबाट रिपोर्ट गरिरहेकी थिइन् । कीभको पोडिल जिल्लामा रिपोर्टिंगको क्रममा रुसी रकेट आक्रमणमा उनको मृत्यु द इनसाइडरले जनाएको छ ।
बाउलिनाले यसअघि रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसनमा काम गरेकी थिइन् र रुस छाडेकी थिइन् । गत वर्ष फाउन्डेसनलाई रुसमा गैरकानूनी र चरमपन्थी घोषणा गरेपछि यसका धेरै कर्मचारीहरू विदेश पलायन भएका थिए ।
सो आक्रमणमा अर्का एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको इन्साइडरले जानकारी दिएको छ । बाउलिनाले पहिले कीभ र पश्चिमी युक्रेनी शहर ल्भिभबाट धेरै रिपोर्टहरू पठाएकी थिइन् ।
युक्रेनमा मार्चको सुरुमा, स्पेनिस समाचार एजेन्सी इएफओइका लागि काम गर्ने युक्रेनी टिभी च्यानल लाइभका क्यामेरा अपरेटर येभेनी साकुन, कीभमा टिभी ट्रान्समिसन टावरमा गोली प्रहार गर्दा मारिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस