गाउँ सहर

तास खेलिरहेकाे अवस्थामा आठ जना पक्राउ

काठमाडाैं । तास खेलिरहेकाे अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेकाे छ। तारकेश्वर नगरपालिका ९ हाउजिङ पुलस्थित प्रेम बहादुर थापाको नुवाकोट मासु पसलमा जुवातास खलिरहेको अवस्थामा आठ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

उक्त मिट सपभित्र खाली कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७७ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जानकारी दिएकाे छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत