पूर्व डीआईजी कोइरालाको मुद्दा हेर्न नमिल्ने सूचीमा
- गाउँ सहर संवाददाता
- १० चैत बिहीबार, २०७८ | १४:३८:०० मा प्रकाशित
काठमाडाैं । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइराला विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । कोइरालाको मुद्दा पुनरावलोकनको निस्सा पाएर पूर्ण इजलासमा परेको थियो । यसअघि दुई न्यायाधीशको संयुक्त इजलासले सजाय घटाउने सम्बन्धमा फैसला गरेका कारण उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । उक्त निवेदनले पुनरावलोकन निस्सा पाएसँगै उक्त निवेदनमाथिको सुनुवाई कम्तिमा ३ न्यायाधीश रहने पूर्ण इजलासबाट फैसला सदर वा संशोधन गर्नुपर्ने हुन्छ ।
लामो समयपछि पेसीमा चढेको कोइरालाको मुद्दा बिहीबार न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासमा परेको थियो । तर कोइरालाको मुद्दा हाल सर्वोच्च अदालतमा रहेका न्यायाधीशहरूले हेर्न मिल्दैन । जसमा तेज बहादुर केसी, पुरुषोत्तम भण्डारी, वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा, चोलेन्द्र शम्शेर जबरा,डा.आनन्दमोहन भट्टराई रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
प्रतिकृया दिनुहोस