दोहोरो अंकले घट्याे नेप्से, ३ अर्ब २४ करोडमाथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- १० चैत बिहीबार, २०७८ | १५:१६:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको अन्तिम दिन विहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १६.६९ अंकले घटेर दुई हजार ६ सय १३ दशमलब ६७ विन्दुमा रोकिएको नेप्सेले जानकारी दिएकाे छ । हिजाे नेप्से २०.६३ अंकले घटेर दुई हजार ६ सय ३० दशमलब ६ विन्दुमा थामिएकाे थियो ।
आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज ३ अर्ब २४ करोड ८९ लाख बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ४३ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका ४९ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १४१ कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् । यसमध्ये आज राष्ट्र उत्थान लघुवित्त वित्तिीय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१९.५० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६०.७० रुपैयाँ पुगेको छ ।
आज नेपाल फाइनान्स, सामलिङ पावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी जीवन विकास लघुवित्तको भएको छ । यस कम्पनीको आज ३० करोड ६२ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस