फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १२:१६:०० मा प्रकाशित
काठमाडाैं । भारतमा एक सातामा तेस्रो पटक पेट्रोल र डिजेलको मूल्य बढेको छ । एक दिनको राहतपछि शुक्रबार तेल कम्पनीहरूले पेट्रोलमा ८० पैसा र डिजेलको मूल्य ७५ पैसा भारुले बढाएको हो । नयाँ दर आजदेखि लागू भएको छ । अहिले दिल्लीमा पेट्रोल ९७.८१ रुपैया - लिटर र डिजेल ८९.०७ रुपैंया भारु प्रतिलिटर भएको एजेन्सीले जनाएकाे छ र
एजेन्सीका अनुसार योसँगै अहमदाबादमा पेट्रोल ९७.५२ रुपैयाँ - लिटर र डिजेल ९१.६१ रुपैयाँ भारु प्रतिलिटर भएको छ । पछिल्लो मूल्यवृद्धिपछि चार दिनमा डिजेल–पेट्रोल २ रुपैयाँ ४० पैसा भारु महँगो भएको छ । मंगलबार घरेलु ग्यास सिलिण्डरको मूल्य ५० रुपैयाँ भारु बढाएको छ ।
बिहार, मध्यप्रदेश, झारखण्ड, उत्तर प्रदेश र छत्तीसगढमा १४.२ केजीको ग्यासमा सब्सिडी भएपनि प्रति सिलिण्डरको मूल्य बढेर प्रति सिलिण्डर एक हजार रुपैयाँ भारुभन्दा माथि पुगेको हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
- विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिकृया दिनुहोस