स्वास्थ्य

७ लाख ६१ हजार फाइजर खोप काठमाडाैं ७ लाख ६१ हजार फाइजर खोप

काठमाडाैं । ७ लाख ६१ हजार फाइजर खोप काठमाडाैंमा आइपुगेको छ । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप नेपाल आइपुगेको हाे ।

अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान काठमाडाैं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् ।

अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । ‘शुक्रबार आएको खोप पहिलो खेप हो। बाँकी क्रमशः आउनेछ,’ चौरसियाले भने - विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ ।

फाइजर खोप १२ वर्षभन्दा उमेरका नागरिकलाई दिइनेछ । पछिल्लो तथ्यांकअनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत