कांग्रेस केन्द्रीय समितिमा ब्रिफिङ : आवश्यकताका आधारमा गठबन्धन, बैठक आइतबार पनि बस्ने
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १९:१२:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा स्थानीय तहको चुनावमा तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय केन्द्रबाट नभई स्थानीय आवश्यकताका आधारमा हुनुपर्नेमा बहस चलेकाे छ ।
शुक्रबार केन्द्रीय समिति बैठकमा बैठकमा केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन लक्षित ब्रिफिङ गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
चुनावी गठबन्धन गर्नुको आवश्यकता, औचित्य र यसका मापदण्ड बनाइनुपर्नेमा धेरैकाे जाेड छ ।
सातमध्ये नेपाली कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही, सुदूरपश्चिमका वीरबहादुर बलायर गठबन्धनको विपक्षमा देखिएका छन् ।
यसमध्ये लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमा देखिएका छन् । सुदूरपश्चिमका बलायर बैठकमा उपस्तिथि छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् ।
बैठकमा हनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियार र प्रदेश सभापतिहरु: उद्धव थापा (प्रदेशन नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
प्रतिकृया दिनुहोस