प्रधानमन्त्री शेरबहादुर देउवा र चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच के कुरा भयाे?
- गाउँ सहर संवाददाता
- १२ चैत शनिबार, २०७८ | २०:५४:०० मा प्रकाशित
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ एक घण्टा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए।
भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उनले बताए।
चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो।
सोही अवसरमा पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण गरिएको छ।
परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ शुक्रबार काठमाडौँ आएका हुन्। तीन दिने नेपाल भ्रमणमा आएका वाङ आइतबार स्वदेश फर्कने छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
प्रतिकृया दिनुहोस